दुग्ध विकास संस्थान





दुग्ध विकास संस्थानले विभिन्न शिर्षकमा दुग्ध उत्पादक सहकारी संस्था मार्फत किसानहरुलाई दिएको मुल्यमा गरेको कटौती र दुग्ध उत्पादक किसानका समस्याका ५ सुत्रिय माग राखी यस संघले आन्दोलका कार्यक्रमहरु अघि बढाइएकोमा कृषि तथा पशुपन्छी मन्त्रालयको सहजीकरणमा दुग्ध विकास संस्थानसँगको निरन्तरको छलफलको परिणामस्वरुप समस्या समाधानका लागि मन्त्रालयद्धारा किसान प्रतिनिधि सहितको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन आई कार्य पूरा नहुँदासम्म स्थगित गरीएको अतिरीक्त मूल्य दिन सहमति गरेको हुनाले हालको लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरीएको जानकारी गराउँदै केन्द्रीय दुग्ध सहकारी संघ सदैव दुग्ध उत्पादक किसान र सदस्य संस्थाको हितमा लागिरहेको व्यहोरा अनुरोध गर्दछौं ।