देउसीभैलोबाट जुटाए शिक्षकलाई तलब ख्वाउन रुपैयाँ
के तपाईलाई थाहा छ हरेक दिन अर्बौ रुपियाँ विदेश गईरहेको छ, जसले नेपाल दिन प्रतिदिन गरिब हुदैंछ । ब्यक्ति धनि भएर केहि पहिचान हुदैंन् त्यसैले राष्ट्र धनि हुनु आबश्यक छ, जब राष्ट्र धनि हुन्छ जनतापनि धनि हुन्छन् । त्यसैले यो राष्ट्रको माया छ भने स्वदेशी उत्पादन नै प्रयोग गरौं । बालबालिकाले देउसीभैलोबाट जुटाए शिक्षकलाई तलब ख्वाउन साढे ६ लाख रुपैयाँ देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिन्छ। तर म्याग्दीको एक विद्यालयका विद्यार्थीले भने देउसीभैलोको रकम निजी स्रोतका शिक्षकको तलबका लागि खर्च गरेका छन्।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले यस वर्षको तिहारमा देउसीभैलो खेलेर ६ लाख ५० जुटाएका छन्। संकलित रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन्। आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत रकम जुटाइएको शिक्षक यामप्रसाद विश्वकर्माले बताए। ‘मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनु पर्ने अबस्था छ,’ विश्कर्माले भने, ‘निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक १० लाख रुपैयाँ खर्च हुन्छ।’ विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ।
लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताए। मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन्। आधारभूत तहमा समेत शिक्षक अभाव छ।
0 टिप्पणियाँ