म र मेरो सफलता
दाङ र रोल्पाको माटोमा जन्मिमिनु भएका उद्यमी चक्र खड्का समकालिन नेपाली युवा पुस्ताका प्रख्यात उद्यमी हुन् । बीस वर्ष अघि नेपालबाट भारत तर्फ लागेका र २४ वर्षको उमेरमा नेपाल फर्केदा नेपालमै केही गर्ने उद्देश्य राखेका छन ।
नेपाल जस्तो देशमा कमै मात्रामा युवाहरु भित्र उद्यमी बनने चाहना रहेको छ । यस्तो सोचलाई आत्मसाथ गर्दै युवावर्गहरुलाई मुख्य रुपमा विकासको भावना जगाउने तथा केही गर्ने र समाजमा प्रतिष्ठत प्रतिभाको धनी भएर जिउने सोच जागृत गर्ने चक्र खड्काले युवा मनलाइ छामछुम गरि युवावादी सोच सिर्जना गरि वास्तविकता उजागर गर्नु एक प्रसंसनिय कार्य हो ।
२०४६ सालमा जन्मेका चक्र खड्काले आफ्नो जिवनमा धेरै संघर्ष गर्दै साह्रै उतार चढाप देखि यहाँसम्मको यात्रा गरेका छन । आफूलाई भारतका चर्चित उद्यमी संदीप महेश्वरी बाट प्रेरित भई आफुलाई एउटा सफल उद्यमी बनाउने तथा आफुलाई पनि परिचित गराउनु भएको छ ।
बिज्ञान र प्रविधिका कारण संसार कम्प्यूटरमय भएको समयमा संकुचन सोच र पुरातनवादी संस्कारमा रुमलिएको हाम्रो समाजको कटु यथार्थ अर्थात आर्थिक समस्या उजागर गरेको पाइन्छ । गरिबिका कारण राम्रो शिक्षा लिनबाट बंचित छन् र पनि उनले आफूले सिकेको सिप आफ्नै देशमा सदुपयोग गरि राम्रो कमाइ गरि व्यंग्य गरेका छन् आजका युवा पिढीलाई । जो दिनहुँ हवाइ मार्ग हुदै पासपोर्टमा भिषा लगाउँदै श्रम बेच्नका लागि बिदेशी भूमि छिरिरहेकाछन् ।
अनौठो जिवन भोगाइ, अनौठो संयोगसंग गाँसिएको अर्को मर्मस्पर्सी कथा हो ‘आलेको पर्खाइ’, कथाकी पात्र लिण्डा आफ्नो प्रेमको अपुरो हत्यामा समर्पित रहेकी छिन् । आले पनि बिदेशी भूमिमा आफुले मन पराएकी प्रेमिकाको मायाजालमा परि बिहेको लागि घर परिवारलाई समेत मनाउन सफल भइसकेको तथा सकारात्मक स्वीकृतीको पाइसकेको परिस्थितीमा सडक दुर्घटनामा परि सात समुन्द्र पारी कि आफ्नी प्रेयसी लिण्डा र सपरिवारलाई सदाका लागि छाड्दै यो संसारबाट बिदा हुनुपरेको घटनाक्रमले सबैलाइ रुवाउन सफल भएको छ । कथाको बलियो पक्ष रहेको छ राष्ट्र प्रेम । आले अर्थात पुस्कर गुरुंग जो एक प्रतिभाशाली, दक्ष शिप हासिल गरेका मेकानिकल टेक्निसियन हुन् उनको प्रतिभालाइ देशले किन्न सकेन, देशमै बचाएर राख्न सक्दैन र प्रयोग गर्दछ्न बिदेशीले उचित दाममा । बिदेशी भूमिमा पनि आले आफ्नो राष्ट्रियता, संस्कार र देश प्रेम भुल्दैन चाहे काममा होस वा प्रेममा । कयौ यस्ता नेपालीहरु छन् जो ऐसआराम र मोजका लागि राष्ट्रियता बिर्सन्छन्, अलिबढी कमाए भने घरपरिवार नै बिदेश लैजान्छन् तर आले संधै नेपाल र नेपालीको सम्मान गर्दथ्यो, यहाँ सम्म कि पश्चिमा मुलुक कि स्वतन्त्र नारी लिण्डा समेत आलेको प्रेम पाउन नेपाली भाषा, संस्कृति, संस्कार सिकेर पूर्णरुपमा नेपाली नारी बन्न तयार भइन् र आलेले बिदेशमा रहँदा पनि कहिल्यै बिदेशी संस्कार आफूमा भित्र्याएन । यस अर्थमा पनि कथा देशप्रेमले ओतपोत रहेको पाइन्छ ।
‘नगरकोटमा एक साँझ’ आजका युवा पिढीको यथतर्थपरक कथा हो । जसमा काठमाण्डौको महँगी संगै सौखिन जिवन यापनका लागि पर्दा भित्र जस्तो कार्य गर्न पनि तयार आजको युवापिढी र पश्चिमी सभ्यताको सिको गरेर हरसाँझ रेष्टुरेन्टमा रंगिन जिवन यापन गर्ने दुइ पक्षलाई उजागर गरेको छ । जसमा अनुपम र रज्नीले डान्सबार भित्र हुने गतिबिधिलाई वकालत गरेको पाइन्छ । अनुपम जसले डान्सबारमा काम गर्ने रज्नीलाई बिहे गरि कपडा पसलकि मालिक्नी बनाएको सकारात्मक कुरालाई प्रस्ट्याइएको छ ।
संग्रहको चौथो सशक्त कथा हो ‘बा को इज्जत’ ऐस आरामका भौतिक बस्तुहरु, प्रचुर सम्पत्ति छ तर इज्जत छैन भने त्यो सबै बालुवामा पानी जस्तै हुन्छ भन्ने उखानलाई आत्मसाथ गरे झैँ लाग्छ यो कथाले । सम्पत्तिका लागि जे गर्न पनि तयार रहने आजका युवापिढीलाई ब्यंग्य गर्दै एउटा ग्रामिण परिवेशमा हुर्केकी लगनशील, प्रतिभाशाली छोरी अनु यो कथाकी एक शसक्त पात्र हुन जो उच्च शिक्षाका लागि काठमाण्डौ छिरेकी हुन्छे । उनका बा गाउँमा दुःख गरेर छोरीको लागि पढाइ खर्च पठाउँछन् । सधै मनभरी एउटै चिन्ताले सताउँछ, ‘कतै छोरीले नाक काट्ने पो हो कि’ भनेर । छोरी अनु पनि शहरिया परिवेश, रहनसहनका माझ आफूलाई परिस्किृत गर्दै लगे पनि आफ्नो गाउँ तथा बा को इज्जत जोगाउन सक्षम रहेको पाइन्छ ।
‘म शब्दलाई देख्छु, सुगन्धलाई सुन्छु’ नेपाली साहित्यका नक्षेत्र वरिष्ठ साहित्यकार महाकबि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ कथाकार ढुंगानाले कथा ‘म र काठमाण्डौ’ भित्र अनेकौ दृष्यहरु देख्नुभएको छ । हामीले देख्ने घरहरु वहाँको नजरमा तारे होटल भएका छन् । जहाँ फूपु अर्थात जुली र सीता रहन्छन् । कथाकी मुख्य पात्रको रुपमा रहेकी जुली आफ्नो चोखो प्रेममा एसआर खानबाट धोका पाएपछि गलत संगतका कारण यौनकर्मी भएको र यो शिलशिला चल्दै गर्दा आफ्नै दाजुको ग्राहक सम्म बन्न पुगेपछि घर परिवारले कुलको इज्जत जोगाउनै भएपनि उनको भन्दा झण्डै ३०–३५ वर्ष जेठा धनाढ्य बिदुरसंग बिवाह गरिदिएको र त्यस परिस्थितीमा धन सम्पत्ति र भरिपूर्ण माया पाए पनि बृद्ध पतिको माध्यमबाट कामभोगले कहिल्यै तृप्ति हुन नसकेको र त्यसै प्रसंगमा रोहित ९जो चिनाजानीका क्रममा साथीको भदाका रुपमा देखिएका छन् ० उनको कामभोगमा साथ दिन सफल भएका छन् । पतिको मृत्यु पश्चात उनी युवा पुस्ताका यौनजन्य कृयाकलापका लागि अझ सशक्त बनेकी देखिन्छ । आफ्नो क्यारीयर बनाउने सोचका साथ उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ छिरेका युवा जमातहरुको यौन सुखको प्रवन्ध गरिदिने मिलन बिन्दुको रुपमा जुली तथा तारे होटलको रुपमा उनको सुबिधा सम्पन्न घरलाई प्रस्तुत गरिएको छ । कथाकी अर्की पात्र, सुदुर पश्चिमकी एक बादी युवती सीता, जो जुलीकै सहारामा उनको सहायक भएर रहेकी छिन् । सदियौ देखि चलिआएको पारिवारीक यौनपेशाबाट मुक्तिका लागि बादीहरुले काठमाण्डौमा गरिरहेको संघर्षको ऐतिहासिक तथ्य पनि कथाले जोडेको छ ।
समग्रमा म र काठमाण्डौ कथा भित्र काठमाण्डौको जिउँदो इतिहाँस हेर्न सकिन्छ । काठमाण्डौमा बाँचिरहेका कयौ युवाहरुका लागि अभाव र छटपटी देखिने त्यहि काठमाण्डौको अर्को पाटो हेर्ने हो भने कयौका लागि कमाउने अवसर तथा आत्मा संतुष्टि गराउने थलो बनेको छ । कथाका पात्रहरु मार्फत यौनकर्मीका समस्याहरुलाई कानुनको दायरामा ल्याइ सरकारले ब्यवस्थित गर्नुपर्ने कुरा उजागर गर्न खोजेको पाइन्छ ।
नेपालमा कुनै ब्यवसाय गर्ने ठाउँ छैन, वेरोजगार भयौं भन्दै बिदेशीने लाखौं युवा पिढीका लागि उदाहरणीय पात्र बनेका छन् कथा ‘चमेली’ का प्रमुख पात्र चमेली र शंकर । समाजले नै तिरस्कार गरेका नारी जाति त्यसमा पनि गरिबिमा पिल्सीएकी चमेलीले आफ्ना दाजुहरु जिम्मेवारीबाट भागे पनि हिम्मतका साथी होटल व्यवसाय संचालन गरि बृद्ध तथा बिरामी बाबुआमा तथा बहिनीकी सहारा बनेर सामाजिक कुरितीलाइ झापड हान्न सफल छिन् भने शंकर भैया जो भारतिय बिहारी, नेपाली भाषाको ज्ञान नभएका, खालि हात नेपाल पसेर पनि मिठाइ पसल संचालन गरि टन्न सम्पत्ती जोड्न सफल भएका कारण नेपाली समाजमा मेहनत गर्यो भने धन फलाउन गार्हो छैन भन्ने प्रेरणादायी भाव यस कथाले झल्काउँछ ।
आफ्नै स्वतन्त्रतामा हराएको अनवरत यात्रा हो कथा ‘निरिह यात्रा’, जहाँ बिनोद, दिपिका र सोनी तीन मुख्य पात्रहरु छन् । बिनोद आफ्नो पारिवारीक कलह बिचको आफ्नो बाल्यावस्था र त्यतिबेलाको भेदभाव एवम् आन्तरीक दवाबहरुबाट छुटकारा पाउन वा भनौं स्वतन्त्रताका लागि घर छाडी हिंडेको केटो । त्यसपछि उसले भोगेका दुःख, पिडाहरुका कथा एकातिर समेटिएका छन् भने अर्को तिर बदलिंदो समयले निम्त्याएको यथार्थ र सुचना प्रबिधिले सांगुरो पारेको बिश्वका कारण बनेका असल साथीहरु । बिछोडीएका परिवारका सदस्यहरु संगको मेल पनि कथाले समेटेको छ ।
आजको सामाजिक युगमा पनि नेपाली संस्कार भित्र रहिरहेको जातियता र छोराको महत्वलाई कथाको माध्यमबाट दर्शाइएको पाइन्छ कथा ‘रहर’ भित्रका पात्रहरुले । मोबाइल र इन्टरनेटका राम्रा तथा नराम्रा पक्षहरु आजका युवा पिढीले प्रयोग गर्ने सामाजिक संजालका सेवालाइ प्रमुख प्राथमिकता भित्र राखेको पाइन्छ । छोरी अर्थात नारीमाथिको प्रत्यक्ष अन्याय जसमा चार बटा छोरी नै छोरी जन्मिए भनेर खुलेर नै सबिनाका बुवाले छोरा जन्माउनका लागि कान्छी स्वास्नी भित्र्याउन लागेको कुरा परिवारमा राखेका छन् । यसबाट पनि प्रष्ट हुनछ कि नेपाली संस्कार अभैm पनि लिंगभेदबाट अलग हुन सकेको छैन ।
सामाजिक घट्ना क्रमहरुलाई सुन्दर शिल्प बनाएर शब्दका माध्यमले पोखिने कथाकार मनोज ढुंगानाको कथा ‘समयको माग’ म र काठमाण्डौ कथा संग्रहको अन्तिम कथा हो, जसले नेपाली संस्कार र धर्मले भोगाएको नारकिय तथा दमित नारी जिवनको शसक्त आवाज प्रस्तुत गरेको छ । कथाकी पात्र आरती, एघार बर्षकै उमेरमा सासु–ससुरा र घरधन्दाको दलदलमा फसेको दर्दनाक कथा र श्रीमान र उनी बिचको अनमेल उमेरका कारण भोग्नु परेको सदैब असन्तुष्ट जिवन भोगाइमा गैरकानुनी रुपमा सहारा र साथ दिन आइपुग्ने राजेशसंगको बिचार, उमेर र शारिरीक सम्बन्धमा समेत उनले आत्मसन्तुष्टि पाउँदछिन् । कुनै समयमा नेपाली संस्कारमा असम्भब भएका यस प्रकारका सम्बन्धहरु पनि आजभोलि खुल्न थालेको कुरा आरतीले राजेश संग बिवाह गर्न हिम्मत गरेको कुराबाट पनि दर्शाइएको छ ।
कथाकार ढुंगानाले यसरि आफ्नो कथा संग्रह “म र काठमाण्डौ” भित्र नौ वटा ससक्त युगान्तकारी कथाहरु को भन्दा को कमको रुपमा अत्यन्तै सरल, सहज र सभ्य तरिकाबाट प्रस्तुत गर्नुभएको छ । जुन यथार्थ परक, जिवनबादी, सामाजिक, प्रमभाब र आजको युग झल्कने खालका छन् ।
प्रस्तुत संग्रह “म र काठमाण्डौ” मेरो बुझाइमा एकदमै शसक्त संग्रह हो । यसका त्रुटीहरु भन्नु पर्दा हरेक कथाहरुमा नारी भाव बोलेको छ । नारीलाइ कामुक अर्थात यौनिक पात्र बनाइएको देखिन्छ । एकातिर नारी शक्तिलाई बढाबा दिन खोजिएको छ भने अर्कातर्फ नारीपात्रहरुलाई कमजोर बनाइ पुरुष सत्तालाइ नै बढाबा दिइएको हो कि भन्ने भान पर्दछ । कथा पढिरहँदा सुनको लोभ देखाएर महिलाहरुलाइ घर भित्र दासी बनाए झैँ भान पर्दछ,यो मेरो भ्रम पनि हुन सक्दछ । तथापि कथाकार पुरुष भैकन पनि महिला पात्रका भाव दर्शाउँदै कथा लेखिनुले यो संग्रह नेपाली साहित्य जगतको नविनतम दस्ताबेजको रुपमा आएको छ । म कथाकार एवम् साहित्यकार मनोज ढुंगानालाई सलाम गर्दछु “म र काठमाण्डौ” कथा संग्रहको प्रस्तुतिको लागि ।
साहित्य भन्ने बित्तिकै जिवन, जगत र दर्शन हो जुन ऐना झैँ छर्लंग हुनुपर्दछ तव पो साहित्य, साहित्य हुन्छ । लेख्नुको मजा हुन्छ, पढ्नमा मिठास हुन्छ । साहित्यकारहरु अनगिन्ती छन् र रचना र कृतिहरु पनि । भ्याए सम्म पढेकाहरु मध्ये मिठो लाग्ने स्वाद श्रद्धेय लक्ष्मीप्रसाद, बालकृष्ण, मोति, भानु, लेखनाथ संगै हालका अग्रज साहित्यकार परशु प्रधान, ज्ञानुवाकर, कृष्णहरी बराल, खगेन्द्र गिरी, पुष्प अधिकारी, नवराज लम्साल, केशब आमोदी, धनराज गिरी, डा। घनश्याम परिश्रमी, देवराज खरेल, आरआर चौलागाइ, आरसी रिजाल, युवा पुस्तका धिरज त्रिबेणी, बिजय ज्ञावली, मिलन समिर, बिर्खे अन्जान, विपश बलिभद्र, बाबु त्रिपाठी, सुवास खनाल, सुरेन्द्र यात्री, अशोक असिम पिडा का बिच थपिनु भएको छ कथाकार मनोज ढुंगाना । वहाँलाइ मेरो हार्दिक शुभकामना । वहाँ भाग्यमानी पनि हुनुहुन्छ जसले मुक्ति गोबिन्द बैद्य जस्ता महान मकवानपुरे साहित्य संरक्षकज्यूको संस्था मातृभूमि साहित्य समाजको छहारीमा हुनुहुन्छ । साथमा साहित्यकारहरु हयग्रीब आचार्य, देबराज खरेल, राजबाबु पहाडी, मात्रब पोखे्रल, कृष्ण प्रसाद दहाल, बिनिता महत, हेमन्त ढुंगेल ज्यूहरुको सामिप्यतामा रम्न पाउनु भएको छ । लाग्छ त्यो माहौल पनि मनोज ढुंगानाका लागि उर्भर भुमि हो । अन्ततः साहित्यकार तथा कथाकार मनोज ढुंगानाको उपस्थितिले नेपाली साहित्य आकाशमा थप उर्जा थपिने बिश्वास राख्दै आगामी दिनहरुमा नयाँ रचना तथा कृतिहरुको अपेक्षा राख्दछु । सफलताका लागि धेरै धेरै शुभकामना ।
९लेखक गजलकार हुन्, जसका दुइ गजल संग्रह ुपत्थरको मान्छेु र ुघाम नभएको आकासु प्रकाशित छ ०
0 टिप्पणियाँ