बलात्कारी राजा
नेपालको इतिहासमा काठमाडौंका राजा प्रताप मल्लको ठूलो नाम छ । लगभग सबैजसो इतिहासकारले उनलाई कुशल शासक, महान् सुधारक तथा असल व्यक्तित्वका रूपमा लिएका छन् । यद्यपि प्रताप मल्लको जीवनको एउटा पाटो यस्तो छ कि त्यसको जानकारी पाउने जोकसैले उनलाई घृणा गर्न सक्छन् । दुईवटी विवाहित रानी र ३ सयभन्दा बढी रखौटी भएका राजा प्रताप मल्ल युवा अवस्थामा निकै कामुक थिए । काठमाडौंमा प्रचलित आख्यानअनुसार उनी हरदम स्त्रीहरूकै संगतमा हुन्थे । आफ्नो यस्तै कामुकताका कारण राजा प्रताप मल्ल कुनै बेला मानिसबाट पशुमा समेत रूपान्तरित भएका थिए । राजा प्रताप मल्ललाई पशुमा रूपान्तरित गर्ने उक्त घटना वि।सं। १७१२ को हो । त्यतिबेला राजा प्रताप मल्लको नजर एउटी बालिकामाथि पर्यो । कथा भन्छ, रजस्वलासमेत नभएकी ती बालिकासमक्ष राजा प्रताप मल्लले समागमको प्रस्ताव राख्दा त्यसको अर्थसमेत थाहा नपाएकी ती बालिका अलमलमा परेपछि राजाले जोर(जबर्जस्ती गरे, जसलाई आजभोलिको भाषामा बलात्कार भनिन्छ ।राजा प्रताप मल्लको जोर(जबर्जस्तीमा परेपछि त्यसको पीडा सहन नसकी ती बालिकाको तत्कालै मृत्यु भयो । बालिकाको मृत्युपछि महापातकको डरले राजा प्रताप मल्ल थरथर काँप्न थाले । राजाको त्यस्तो अवस्था देखेपछि उनलाई तत्काल पशुपतिनाथको शरणमा लगियो ।
पशुपतिनाथमा राजा प्रताप मल्ल प्रायश्चित गर्दै लगभग तीन महिना बसे । सोही बसाइका क्रममा राजा प्रताप मल्लले पशुपतिनाथमा कोटीहोम गर्नुका साथै कोटी लिंगको समेत स्थापना गरे । अहिले हामीले पशुपतिनाथको छानामा देख्दै आएको सुनको गजुर पनि राजा प्रताप मल्लले आफ्नो त्यही पापमोचनका लागि चढाएका हुन् । त्यतिमात्र होइन आफ्नो पापमोचनका लागि राजा प्रताप मल्लले त्यतिबेलाको राजपरिवारमा रहेका सम्पूर्ण पुरुष सदस्यको तुलादान ९शरीरको तौल बराबरको रजत मुद्रा० समेत गराए । त्यसपछि दरबारका तान्त्रिक लम्बकर्ण भट्टले पापमोचन भएको जानकारी गराएपछि राजा प्रताप मल्ल हनुमानढोका दरबार फर्किएर राजपाटमा संलग्न भए । त्यही खुसीयालीमा रचना गरिएको नाटक ुगीति दिगम्बरु लाई अहिले पनि मल्लकालीन साहित्यको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ ।

0 टिप्पणियाँ