जलवायु परिवर्तनस् गर्मीले कीराको प्रजनन क्षमता आधा घट्छु


गर्मीका कारण कीराहरूको शुक्राणु घट्ने र तिनमा बाँझोपन हुन सक्ने एउटा अनुसन्धानले देखाएको छ।

वैज्ञानिकहरूले प्रयोगशालामा खपटे कीराको एउटा जाति घुनलाई उष्णलहर दिँदा तिनका भालेको प्रजनन क्षमतामा उल्लेख्य ह्रास भएको पाइयो। त्यस्तो प्रभाव खपटे कीराका सन्तानमा पनि सर्न सक्ने सम्भावना हुन्छ। थप अध्ययनबाट जलवायु परिवर्तनका कारण विभिन्न कीराहरूको सङ्ख्या घटेकोबारे स्पष्ट हुन सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्। जलवायु परिवर्तनले विश्वभरि नै जैविक विविधतामा प्रभाव पारेको छ। तर के कारणले त्यो हुन्छ भन्ने स्पष्ट रूपमा बुझ्न भने सकिएको छैन। यो अनुसन्धानको नेतृत्व गरेका युनिभर्सिटी अफ इस्ट याङ्लियाका प्राध्यापक म्याट गेज भन्छन्, ूकीराहरूको विविधतामा भएको ह्रासबारे यसले स्पष्ट पार्छ कि पार्दैन त्यो त हामीलाई थाहा छैन, तर प्रजनन क्षमता सीमित हुनु पक्कै पनि राम्रो सङ्केत हैन। अनुसन्धानकर्ताहरूले अध्ययनका लागि चार लाख प्रजाति भएको खपटे कीरा छानेका थिए। यी कीराहरूले अहिलेसम्म चिनिएका प्राणी प्रजातिको एकचौथाइ भाग ओगट्छन्। जर्मनीमा गरिएको एउटा अध्ययनले झन्डै ३० वर्षको अवधिमा ७५ प्रतिशतभन्दा बढी उड्ने कीराहरू घटेको देखाएको छ। ठूलो वर्षा हुने पोर्टो रिकोका वनमा पनि त्यस्तै प्रभाव देखिएको छ। नेचर कम्युनिकेशन्सु जर्नलमा प्रकाशित नयाँ अनुसन्धानका अनुसार रेड फ्लोर बीटल अर्थात् घुनको एउटा प्रजातिलाई प्रयोगशालामा पाँच दिन उष्णलहर दिँदा भालेको शुक्राणु उत्पादन गर्ने क्षमता तीनतिहाइले घटेको पाइयो। तर त्यसबाट पोथी कीरा भने प्रभावित भएनन्। उष्णलहरले भाले कीराले उत्पादन गर्न सक्ने सन्तानको सङ्ख्या आधा घट्यो। दोस्रो चोटि उष्णलहर दिँदा भालेमा बाँझोपन नै देखियो। सो अध्ययनमा संलग्न किर्स सेल्स भन्छन्, ूहाम्रो अनुसन्धानले उष्णलहरले भालेको प्रजनन क्षमता आधा बनाइदिन्छ भन्ने देखाउँछ। र, यो प्रभावमा अचम्म लाग्नेगरी एकरूपता थियो। अरू अनुसन्धानले गर्मीले मानव र अन्य स्तनधारी प्राणीमा पनि भालेको प्रजनन क्षमता नाश गर्न सक्ने देखाएका छन्। जलवायु परिवर्तनका कारण उष्णलहर अझ बढी सामान्य हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसबाट जनावर र मानिसको स्वास्थ्यमा प्रभाव पर्ने देखिन्छ।