राजासँग जो रमाउँथे
सेन्ट जेभियर्स स्कुल पढ्दाताका विनोज बस्नेत निकै खाइलाग्दो हुनुका साथै खेलकुदमा पनि पोख्त थिए । खेलकुदमा उनले कायम गरेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । २०३७र३८ सालमा बर्दबहादुर गण राजदरबारमा तैनाथ हुँदा गणपति धर्मपालवरसिंह थापाले पल्टनबीच प्रतिस्पर्धा हुने किंग्स ब्यानर प्रतियोगिताको लागि १७ वर्षीय बस्नेतलाई जवानको खाना बनाउन र वर्तन सफा गर्न त्यसबेलाको पिपा दर्जामा भर्ना गरी खेलाडीको रुपमा सेनामा भिœयाएका थिए । एक वर्षपछि ओ–लेभल ९आइएसरहको मान्यता पाउन आइए दोस्रो वर्ष पास गर्नुपर्ने० मात्र गरेर सेकेण्ड लप्टनको रुपमा १८ बेसिकमा भर्ना भई बेलायत जान सफल भए ।तालिम सकेर फर्केपछि पशुपतिप्रसाद गणबाट जागिर सुरु गरी तत्कालीन राजा वीरेन्द्रको दुई वर्षे अस्थायी एडिसी भएर निस्केपछि जलेश्वरमा शिवदल गुल्मपति भए र राजालाई प्रभाव पारी स्थायी एडिसी भएर दरबारमा सधैंको निम्ति रहने वातावरण बनाए । राजाकै हुकुम प्रमांगीमार्फत युकेमा गरेको क्याडेट तालिमलाई आइएसरहको मान्यता दिलाए । पछि नेपालमै बीए, एमएसम्मको प्रमाणपत्र हासिल गरे । दरबार हत्याकाण्डको बेला एडिसीहरुमध्ये धेरैको जागिर गए पनि उनले नयाँ राजा ज्ञानेन्द्रको विश्वास जितेर सिनियर टीका धमला, विवेक शाहहरुलाई झण्डै पाखा लगाइदिए ।
ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सेनाबाट सशस्त्रमा गएका सनत बस्नेतलाई डिआइजीको प्रमोसनमा अगाडि पारी पछि आइजिपीसमेत बनाउन सफल भए । तत्कालीन प्रमुख सैनिक सचिवालयका गजेन्द्र लिम्बु, विजय मोक्तान र सेनापति पूर्णचन्द्र थापालाई अफिसर सहयोगीको रुपमा राखे । एडिसी भएकै बेला थाइल्याण्डको राजपरिवार तथा अन्य देशका राष्ट्रप्रमुखहरुसँग पनि व्यक्तिगत सम्बन्ध राम्रो बनाएका उनी थाइल्याण्ड जाँदा शाही आतिथ्य पाउँथे । ज्ञानेन्द्रले दरबार छोड्नु केही दिनअघि दरबारको धेरै अमूल्य सामान रातारात सामाखुशीस्थित उनको घरमा ओसारिएको चर्चा छ । राजप्रासाद सेवाबाट पुनः सेनामा प्रमोशनसहित फर्किएर सहायक रथीमा २३ बाहिनी बाग्लुङ गए । एनडिसी तालिम सकेर उपरथी भई पूर्वी पृतनापति बस्दा ११ हजार फौजलाई १५० रुपैयाँको क्याप ७ सयमा भिडाएर ६ करोड कमाए भने आफ्नो नातेदार जर्नेल नरेश बस्नेतमार्फत ३ करोड निर्माण बजेट ल्याएर पुरानो घरलाई २५ लाखजति मर्मत गरी इञ्जिनियर क्याप्टेन विनोदलाई ३० हजार दिएर जबर्जस्ती जाँचपास गराई दुई करोड ७५ लाख हजम पारिदिए । प्रेमप्रकाश थापाको जागिर गइसकेको अवस्थामा रोलक्रमअनुसार भावी चिफ हुने देखिएपछि विनोजको अहं निकै बढेको थियो । पृतनापतिपछि पुनः स्टाफ कलेज टोखामा आएर नरेश बस्नेतमार्फत ३÷४ करोड भवन निर्माण बजेट कामै नगरी सकाइदिए । तर, गौरवसमशेर रिसाए । त्यसकै परिणाम राजेन्द्र क्षेत्रीको पालामा उपरथीको म्याद थप्ने बेला शैक्षिक प्रमाणपत्रहरू छानबिन गर्दा एउटा नपुगेपछि बेइज्जतिपूर्वक अवकाश पाए ।
– समकालीन जर्नेलहरू
0 टिप्पणियाँ