यसरी काटिए राजा


नेपालको इतिहासमा महत्त्वहीन लाग्ने तर रोमाञ्चक घटनाहरूको कुनै कमी छैन । दरबारिया षड्यन्त्रमा परेर आफ्नो ज्यान गुमाउने राजाहरूको कथाले भरिएको हाम्रो इतिहासका एक यस्तै पात्र हुन्— पाटनका राजा विश्वजित मल्ल ।
राजा योगनरेन्द्र मल्लले उत्तराधिकारीविहीन हुनुपर्ने पुत्रशोकमा परेर राजपाट त्यागेपछि उनका छोरीतर्फका नाति विष्णु मल्ल पाटनको राजा भए । विष्णु मल्लले गद्दी सम्हालेपश्चात् पाटन राज्यको दुर्दशा प्रारम्भ भएको कुरामा सबै इतिहासकार सहमत छन् । पाटनको इतिहासको यही अँध्यारो युगमा देखा परेका थिए ६ जना प्रधान ९जसको नाम इतिहासमा उल्लेख नभए पनि उनीहरूको कर्तुत भने उल्लेख छ० । यी प्रधानहरू पाटनमा कति शक्तिशाली थिए भने उनीहरूले जसलाई चाह्यो उसलाई राजा बनाउन र हटाउन सक्थे । यही क्रममा ती प्रधानले राज्यप्रकाश मल्ल ९काठमाडौंका राजा जयप्रकाश मल्लका भाइ०, जयप्रकाश मल्ल ९काठमाडौंका राजा०, रणजित मल्ल ९भक्तपुरका राजा०, विश्वजित मल्ल, दलमर्दन शाह ९पृथ्वीनारायण शाहका भाइ० तथा तेजनरसिंह मल्ललाई पालैपालो पाटनको राजा बनाए ।

यसै क्रममा राजा भएका विश्वजित मल्ल ९जो राजा विष्णु मल्लका छोरीतर्फका नाति थिए० पाटनको राजा हुन पुगेका थिए । उनले पाटनमा वि।सं। १८०९ देखि १८१५ सम्म शासन गरेका थिए । राजा विश्वजित मल्ल शासकीय रूपमा कुशल थिए । आफ्नो राजकीय कुशलताका कारण उनी पाटनका ६ जना प्रधानको चकचकी कम गर्न केही हदसम्म सफल भएका थिए । उनको सफलताका कारण आफ्नो प्रभाव कम हुँदै गएको अनुभव गरेपछि ती ६ प्रधानमध्ये एकले राजा विश्वजित मल्लमाथि आफ्नी श्रीमतीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाए । त्यही आरोपको आडमा ती ६ प्रधानले पाटनका जनतालाई राजाविरुद्ध विद्रोहका लागि उक्साए । पाटनका जनता पनि ६ प्रधानको कुरामा सहमत भएपछि राजा विश्वजित मल्ललाई एउटा सशस्त्र विद्रोहमार्फत् गद्दीबाट हटाइयो ।

यसरी गद्दीबाट हटाइएका विश्वजित मल्ललाई पक्राउ गरेपछि ६ प्रधानले भविष्यमा सत्य कुरा प्रकाशमा आउन नपाओस् भनेर राजा विश्वजित मल्ललाई हाल पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको मन्दिरको मूलढोकामा दसैंको बोका पर्साएसरह पर्साएर काटेका थिए । भनिन्छ, राजा विश्वजित मल्ललाई काट्दा अचानो बनाइएको काठ तलेजु मन्दिरमा अझै पनि छ ।