प्रमिथस देवकोटा र ‘ट्राजिडी’


विश्वमा परिवर्तन र लोकतन्त्रका लहर चलेको बेला आर्यघाट मञ्चको सयनमा परेका कवि देवकोटाले त्यो सम्पूर्ण युगको स्पन्दन बोकेका थिए। त्यही स्पन्दनसँग बाँचेका थिए। त्यो देवकोटा प्रमिथसको एउटा यात्रा थियो।

अक्टोबरको शरदकालीन एथेन्सको आकाशमुनि मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘प्रमिथस’ काव्यको अत्यन्त आसन्न रूपले कल्पना गरेको थिएँ। कविता र मिथक, सौन्दर्य र त्यसका उपासक सर्जकको सम्बन्धबारे प्राचीन कालका यी ग्रिकहरूले जति अरू कसले पो कल्पना मात्र वा रचना गरेका थिए होलान् र १ सन् २००२ अक्टोबर महिनाको कुरा हो।

म आईटीआईको विश्व नाट्य सम्मेलनमा भाग लिन एथेन्स गएको बेला थियो। त्यहाँको यही प्रमिथस काल्पनिकीसँग जोडिएको एउटा सम्झना छ। ‘रंगमञ्चको आकाशमुिन ग्रिस’ शीर्षकको निबन्धमा यो क्षणको संवेदना लेखेको छु जुन मेरो निबन्धसंग्रह

‘फ्लानरको डायरी ९२०७२० मा संकलित छ। यसबाट तल केही हरपहरू उद्धरण गर्न सान्दर्भिक ठान्दछुस्

‘मैले उकालो चढ्दै जाँदा एथेन्स सहर तल सबैतिर देखिँदै गयो। तल एगोरा यस्तै महत्वपूर्ण ग्रिक प्रजातन्त्रको थलो देखियो। पर होचा पहाड, जंगल र अलिक पर अर्को थुम्को अनि गगनचुम्बी घर नभएको यस सहरको दृश्य खुल्दा यो एक्रोपोलिस्को के महत्व थियो भन्ने कुरा अनभुव गरेँ। मनमा एउटा शक्तिको अनुभव गरेँ माथि गएपछि।

एथेन्समाथिको नीलो आकाश, पर क्षितिजसम्म पनि सफा आकाशले भेटेको नागर खण्ड अनि पर समुद्रको परिवेश देखेपछि मलाई कवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस कवितामा वर्णन गरेको ‘ओह म चढ्छु चढ्न देउ, रे जननी, त्वरित विद्यत् तरंग युनानको पिगासस्।।।रसको खानी भावकु कविको १ त्यसको घुट्कोरएकैमात्र लिईकन चढ्छु अब वायुपंखमार चहार्न अति सुन्दर युनानको नभमण्डल’, यो श्लोक एक्रोपोलिसमा त्यसै कराएर गाएँ। ।।।त्यही नभमण्डलमुनि बसेँ अनि कस्तो हुँदो रहेछ भनेर ‘महाकवि देवकोटालाई पत्र’ भनेर एउटा लेख लेखेँ।’

मलाई एथेन्सको परिवेशमा कवि देवकोटाको ‘प्रमिथस’को सम्झना हुनुमा नै यो काव्यलाई मैले मात्र होइन, हामीले कसरी हेर्छौं भन्ने देखिन्छ। आज हामीले साहित्यमा पढेको र कलामा बुझेको, साथै राजनीति, राज्य सञ्चालन र दर्शनका मुलभूत कुरामा प्रयोग गरिआएका विषयको उद्बोधन युनानमा भएको कुरा सर्वमान्य छ। त्यहाँका मानवजनिन मिथक, त्रासदी र महाकाव्यका विषय र स्पन्दन मानिसका अन्तरंग चेतनासँग गाँसिएका छन्।

देवकोटाले ‘प्रमिथस’लाई क्रान्ति, सम्झौता, मानवतावादको साथसाथै पीडा र अन्तर्विग्रह समेतसँग पनि जोडेका छन्। प्रमिथस क्रान्तिकारी हो, मानिसका प्रेमले ओतप्रोत ‘भिजनरी’ पात्र हो, मानिसका निम्ति पीडा खप्ने र त्यसलाई मुक्तिको मार्ग मान्ने व्यक्ति हो। कवि देवकोटालाई ‘प्रमिथस’का यी सबै गुणले प्रभावित गरेको छ। महाकाव्यको एक उत्कर्षमा पुगेको वर्णनमा उनले आपैंmलाई प्रमिथस भनेका छन्, जुन यो उद्धरणमा देखिन्छस्

‘सायद प्रमिथसको जस्तै बदमाशीले विह्वलरस्वर्गाधिराजहरूका क्रोधानलमा शतचूररयो कलेजाफार अग्निचोर प्रवृत्तिले दुष्टरनित्य विफल नित्योद्योगीले आत्मा मानवरदेवकोटीय।।। के तँ पनि होस् प्रमिथसरु ’

यसमा देवकोटीय मानव संवेगलाई सोझै प्रमिथसको चरित्र भनिएको छ। देवकोटीय शब्द कविले प्रयोग गर्नुले अनि प्रमिथसमा निजत्व राख्नुले यो महाकाव्यमा अरू कुनै महाकाव्यमा नपरेको देवकोटीय संवेग र भावनाको प्रयोग भएको छ।

प्रमिथसको जीवन एउटा लय हो, एउटा सम्पूर्ण मानवजातिको मुक्ति र संकटको एउटा गाथा हो। त्यसैले देवकोटाले आल्हादमा र खोजीमा, क्रान्तिकारी चेतना र पीडामा पनि ‘प्रमिथस’लाई सम्झेका छन्।

त्यति मात्र होइन उनले ‘प्रमिथस’लाई एउटा कविको अन्तरंग व्यक्तित्व ठानेका छन्। कवि देवकोटाले पीडापूर्ण समाधिको नजिकै आर्यघाटमा रचेको कवितामा भने, ‘ओ, द प्रमेथियन पेन्, आई बियर १’ अथवा ‘हाय, मैले कत्रो प्रमेथियाली पीडा भोगिरहेको छु १’

‘प्रमिथस’ देवकोटाको जीवनको पर्याय हो। सिर्जनाको पर्याय हो। मानिस मात्रको मुक्तिको पर्याय हो। प्रजातन्त्रको पर्याय हो। अनि सबभन्दा महत्वपूर्ण कुरा, ‘प्रमिथस’ उडान गर्न सकिने, मानिसमाथि सम्पूर्ण विश्वास गर्न सकिने, चेतना र कविको सिर्जनशील काल्पनिकीलाई जीवन मान्न सकिने एक काव्यिक रचना हो जहाँ मिथक र काव्यको भेट हुन्छ। यसलाई अंग्रेजी समालोचकले ‘मिथो–पोइटिक्’ नाम दिएका छन्। अर्कै छलफलको विषय हो।

यो संक्षिप्त लेखलाई समालोचकीय वा प्राज्ञिक किसिमको रंग नदिईकन प्रस्तुत गर्न लागेको भए पनि यो महाकवि देवकोटाको एक अत्यन्त शक्तिशाली र मलाई मन पर्ने काव्य भएकाले उनको पाठबाट नै उद्धरण लिएर राख्नैपर्ने कुराहरू यसमा उठाइएको छ। तर, त्योभन्दा पहिले एउटा अत्यन्त आवश्यक विषयको छलफल गर्नैपर्ने हुन्छ। त्यो हो, ग्रिसेली पद्धतिमा त्रासदी र त्यसको पात्रको चरित्र।

ग्रिक ट्राजिडी अथवा त्रासदी एउटा वा बढी पात्रको वरिपरि घुमिरहन्छ। एकल पात्रको महायात्रा हो, त्यो नाटक, खासगरी। त्यो वृत्तमा चलिरहँदा पात्र गतिशील हुन्छ। अत्यन्त क्रियाशील हुन्छ। उसले क्रिया गरेन भने ऊ एक जड हुन्छ, निष्प्राण वस्तु जसको कसैलाई प्रयोजन छैन। त्यसैले त्रासदीको पात्र एउटा कर्मको नाम हो। यो विषयमा पनि अलिपछि एकाध तुलनात्मक छलफल राख्छु। कर्म गरेपछि उसको ट्राजिडी हुन्छ। त्यसको निम्ति मिथकहरू तयार छन् जसमा पात्रको चरित्र यस्तो हुनुपर्छ जुन ट्राजिडीका निम्ति उपयुक्त हुन्।

पात्रमा एउटा तथाकथित चरित्र दोष हुनुपर्छ। त्यो दोष उसको निजी कर्मबाट मात्र निःसृत हुँदैन, त्यो उसले आफ्नो परिवार वा समाजबाट ग्रहण गरेको हुन्छ। ऊ त्यो दोषको भागी हुँदैन तर ऊ त्यो भोग्छ। उसले ठूलो भएर पिताको हत्या गरेर आमासँग विवाह गर्नेछ भन्ने कर्म पहिले नै निश्चित हुन्छ। इडिपसको कुरा हो। तर, इडिपसको दोष भनेको खोजी गर्ने प्रवृत्ति हो।

जोकास्टा उसकी पत्नीरआमाले त्यो देखेकी छ र उसलाई खोजी नगर्न भन्छे। तर, ऊ रोकिँदैन। ऊ आखिरमा खोज्दै जाँदा आपैंmलाई दोषी पाउँछ र आफ्नो बिभत्स अन्त्य गर्छ। तर, यहीँनेर कुराको अर्थ छ। यो खोजी देवताको निरंकुशताको विरोधमा गरिएको मानव संघर्ष हो। मानिस देवताको त्रूmरतालाई चुनौती दिएर लडिरहन्छ र मृत्युवरण गर्छ। उसको मृत्यु मानव संघर्ष हो, चुनौती वा हाँक हो दैवलाई।

प्रमेथियसलाई कवि देवकोटाले त्यो गुँड दिएका छन्— एक ट्राजडीका पात्रको। यसरी बोल्छ प्रमिथसस् ‘तर हे देवाधिराज, हे अत्याचारी स्वर्गराजरहे शक्तिमत्त जिउस महादेव, जसका बज्र अघिरअचलमाला काट्छन् मूल, मूलकतक, थरथर, गुंजितरहे, असहन अरू इच्छाको, हे महागर्वीरतिम्रो क्रोध म कुल्चिन्छु पयरले झार झैं, झार झैं’

सबै ट्रजिडीहरू त्यस्तै मानव संघर्षका स्वरूप हुन्। पीडा र उद्वोधन सँगै गाँसिन्छन्। पीडा छ तर चेतना छ, अन्तिम ज्ञान छ जसले दैवलाई हतास बनाउँछ किनकि दैवले उसलाई अज्ञानतामै मरिजाओस् भन्ने रचना गरेको हुन्छ। तर, ऊ झलमल्ल ज्ञान पाउँछ। तर, जीवन हुँदैन बाँच्ने। यो ट्राजिडीको मर्म सबै ठूला साहित्यको मर्म हो। पछिका फ्रान्सेली लेखक अल्वेयर कामुको उपन्यासका पात्र अन्तिम समयमा मृत्युभन्दा पहिला ज्ञान पाउँछन्, तर भोग्ने जीवन बाँकी रहँदैन।

सेक्सपियरको ट्राजिडीको पात्र राजा लियरले अन्तमा भन्छ, ‘राइप्नेस् इज् अल्’, अथवा बोध हुनु नै सबै कुरा रहेछ, तर उसको बाँच्ने जीवन रहँदैन। यो पीडाको मानव कथा हो जुन क्रान्ति हो, देवत्वको निरंकुशताको विरुद्ध संघर्ष हो। ऊ देवतासँग आपूmलाई तुलना गर्दै मान्छेको श्रेष्ठता देखाउँछ। भन्छ, ‘तिमी छौै असहन, म छु सहन, तिम्रो उल्टोरतिमी छौ महाक्रोधान्ध, म छु अतिशान्तिलेर नित्योन्मिलित निर्मल दृग नित्य अडक, शान्त।’

स्वर्गको आगो चोरेर मनुष्यको निम्ति ल्याउने अमर प्रमिथसलाई चट्टानमा बाँधिन्छ अनि उसको कलेजो चिलले आएर दिनदिनै चुँडेर लैजान्छ। भोलिपल्ट त्यो फेरि पलाउँछ। ग्रिक मिथकमा कलेजो भनेको मानव मन हो। यो पीडा त्यसैले मानव पीडा हो र यो अर्थपूर्ण छ। कवि देवकोटाले ‘प्रमिथस’लाई मानव महाकाव्य बनाएका हुन्। पछि हर्कुलस महावीरले चिललाई मारेर प्रमिथसलाई मुक्त गरेको मिथक खण्डलाई कवि देवकोटाले अत्यन्त जीवनको आसन्न वर्णनबाट प्रस्तुत गरेका छन्।

कवि देवकोटाले जीवनको अन्त्यमा प्रमिथसको पीडा भोगिरहेको छु भन्नु त्यही मानव संघर्षजनिन उद्गार हो। उनले पीडालाई वैदिक चिन्तन वा कैवल्य पदसँग दाँजेर हेरेनन्। उनको अन्तिम ‘आखिर श्रीकृष्ण रहेछ एक’ मात्र उनको उद्गार हो। प्रमिथस पनि उनको उद्गार हो जसमा मानिस मात्रको मुक्तिका लागि मानिसले भोगेको, क्रान्तिकारीले भोगेको, अभियन्ताले भोगेको पीडालाई ट्राजिडीको पात्र जस्तै उनले ल्याएका छन्। उनको काव्य ‘प्रमिथस’ बुझ्न उनको मानवजनिन यात्रालाई नबुझी हुँदैन। ‘महामरुमा कणझैं म तातोरजलेर मर्दो बिनुआश लाटो’जस्ता अभिव्यक्ति इडिपसले गरेको छ, राजा लियर र ह्यामलेटले पनि गरेको छ।

कवि देवकोटाले यसलाई सोझो आफूले भोगेको पीडासँग जोडेका छन्। यो देश सामन्तकालबाट बाहिर निस्किन खोजेको बेला, यहाँका युवाहरूले नयाँ युग वरण गर्न खोजेको बेला, विश्वमा परिवर्तन र लोकतन्त्रका लहर चलेको बेला आर्यघाट मञ्चको शयनमा परेका कवि देवकोटाले त्यो सम्पूर्ण युगको स्पन्दन बोकेका थिए। त्यही स्पन्दनसँग बाँचेका थिए। युवाहरूको भीड लाग्थ्यो। सबैतिर भेला र छलफल हुन्थे। त्यो देवकोटा प्रमिथसको एउटा यात्रा थियो। ती ककेसस् पहाडमा हिंस्रक पक्षीले नंग्राले चेपेर मुटु तानिरहेको अवस्थामा थिए।

‘लौह जंजिरले बद्धर काट्दछ कटकट कंबर कटु वेदनारजकडिएको छ लौह कडीले पयररअविचल १ बीच–बीचमा हेफिस्टस देवरकरुण नजर लिई अड्छन्–धनहस्त ती’ प्रमिथसको पीडा कविले गरेको वर्णन सदृश छ। प्रमिथस थिए ती कवि। ती हामी सबै मानिसका लागि पीडा भोगिरहेका थिए। त्यत्रो पीडा हाम्रो निम्ति सायद कसैले आजसम्म भोगेका छैनन्। ती प्रमिथस देवकोटाले पीडालाई प्रलयाग्नि भने। तर, ती मानिसझैं बोलिरहेका थिए।

भारतका कवि डम् मोरेले त्यो अवस्थामा देवकोटालाई भेट्दा देवकोटाले मोरेलाई उनको कविता सुनाऊ भने। मोरेले आफ्नो कविता ‘लङ टाइम एगो, आई प्रेड टु बी फोर्गिभेन्’ अर्थात् ‘अघि नै मैले माफ गरियोस् भनी अनुरोध गरेको थिएँ’ सुनाए। कवि देवकोटाले ती पंक्तिहरू दोहोर्‍याए। कवि देवकोटा मानिसका संवेग, संवेदना र उथलपुथलबाट टाढा गएका थिएनन्। ती प्रमिथस थिए। त्यसैले उनको महाकाव्यको पात्र प्रमिथसलाई उनले सम्झेका थिए, त्यो अवस्थामा।

‘प्रमिथस’ महाकाव्यलाई देवकोटाले अनेकौं रूपले लेखेका थिए। मैले पढेको पाठ नारायण बाँस्तोलाको सम्पादन र प्रकाशनमा निस्केको ‘प्रगति’का वर्ष १, अंक २ देखि ५ सम्म छापिएको थियो। मलाई अहिले पनि धेरै पंक्ति कण्ठै आउँछन्। मेरा विद्यार्थी र ‘कलिग्’ मेघराज अधिकारीले यो किताब नल्याइदिएको भए, म तिनै आपूmलाई मुखाग्र आउने हरफहरूको भरमा लेख लेख्ने थिएँ। फेरि एकपटक ‘प्रमिथस’ काव्यको अध्ययन गर्दा म भावातित भएँ, जागरुक भएँ अनि समीक्षक र उपासक भएँ। म तिनै बहुल अवस्थामा आपूmले पाएको चेतना यो काव्यका पाठको छोटो विश्लेषणमा प्रयोग गरिरहेको हुँ।

‘प्रमिथस’ अनेकौं अवस्थामा, केही फरक लेखिएको भए पनि यो महाकाव्यमा म संगठनको विषयलाई त्यति महत्वपूर्ण मान्दिनँ। यस महाकाव्यको विशेषता भनेको कवि देवकोटाको धाराप्रवाह सिर्जना हो, आविष्कार हो अनि एउटा युनानी मानव रञ्जित मिथकको जीवन सदृश चेतना प्रवाह गर्ने सामथ्र्य हो। कविले काव्यको आरम्भमा नै प्रमिथसले स्वर्गबाट मानिसको निम्ति आगो चोरेर ल्याउने सक्सक्लाई वर्णन गरेका छन्। ती हरफहरू पढ्दा लाग्छ, पाठक आफै आविष्कारको महायात्रामा निस्कन लागेको छ। त्यो कवि, सर्जक, साहसी, अभियन्ता जो पनि हुनसक्छ। यी हरफहरूले प्रमिथसको आरम्भिक सक्सक्, उसलाई सिर्जनाको आँधीको बोध भइरहेको कुरा बुझाउँछन्स्

‘कति बसूँ नाडीबिना अबरु रजब गौरव यो जगमा छरके यो निभ्दो मकल नफुकूँरु रनबढारूँ यो प्रकृत टुटफुटरनपघालूँ यी तुषारढीकारु रनसम्झूँ अलिकति सागररु’

प्रमिथसको अग्नि चेतनाको काव्य, कवि देवकोटाको ‘नसम्झूँ अलिकति सागररु ’ भन्ने भावना रञ्जित सिर्जनाको चेतनाबाट आरम्भ भएको हो। यो प्रमिथसले भोगेका र लडेका अनेकौं अवस्था हुँदै अघि बढ्छ। कहीँ प्रमिथसको रचना जटिल र अगाडि बढेको नदेखिनु नै कवितामा मानव सिर्जना र सामर्थ्यको प्रयोग गर्ने कविको सामथ्र्यको द्योतक हो। देवकोटाले प्रमिथसले आपूmलाई क्रान्तिकारी र अग्निस्फुलिंग लिन उठेको अभियन्ताका रूपमा प्रस्तुत गरेको देखाएका छन्।

‘प्रमिथस’को विषयमा यस लेखमा केही आजसम्म छलफल नभएका विषय उठाइयो। यो छोटो लेखमा सबै छलफल गर्ने ठाउँ नभएकाले ‘प्रमिथस’ काव्यबाट एउटा वाचाल उद्धरण राखेर छलफल टुंग्याउन चाहन्छुस् ‘आज म चाहन्छु समुद्गारन मुक्त–कण्ठरएक महामानव संगीत१ उच्च उडानमारप्रजातान्त्रिक प्रथम पुष्प उद्बुद्ध व्योममारज्योति तरफ अभिनव, खग झैं उड्डीयमान१’

‘प्रमिथस’ महाकाव्यको मूल स्पन्दन मानव विजय हो र उन्मुक्तिले रञ्जित काव्यिक चेतना हो। यसलाई कवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नै काव्यिक यात्राका रूपमा प्रस्तुत गरेर जीवन र अर्थ दिएका छन्। यो कलात्मक र काव्यात्मक कर्म अनि जीवन र जगत्मा मानिसको जितको भावनाले बनिएको रचना हो। कवि प्रमिथस हुन् र ‘ट्राजडी’ मानिसको देवत्वमाथिको विजय हो।