थुनामा रहेका नाइके गणेश पनि कांग्रेस केन्द्रीय सदस्यमा सिफारिस
काठमाडौँ, थुनामा रहेका गुण्डा नाइके भनिने गणेश लामालाई पनि कांग्रेस केन्द्रीय सदस्यमा सिफारिस गरिएको छ । विजयकुमार गच्छदारले आज केन्द्रीय समितिको बैठकमा लामासहित १५ जनाको नाम सिफारिस गरेका हुन् । लामा अवैध हातहतियार राखेको अभियोगमा पेस्तोलसहित पक्राउ परेका थिए । उनी पुर्पक्षकालागि अहिले थुनामै छन् ।
यता राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देव भने गच्छदारको लिष्टमा नपरेको मधुसुधन भट्टराईले इनयाँ पत्रिकामा लेखेका छन् । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुँदा भएको सहमति अनुरुप गच्छदारले १५ जना केन्द्रीय सदस्यको नाम तयार पारेका हुन् ।
को–को छन् गच्छदारको लिष्टमा ?
१. विजयकुमरा गच्छदार, सुनसरी
२. रामजनम चौधरी, कैलाली
३. भारतेन्दु मल्लिक, झापा
४. मोहम्मद नासिर सिद्धिकी, सिराहा
५. योगेन्द्र चौधरी, दाङ
६. महेश कर्मोचा, ओखलढुङ्गा
७. गोपाल दहित, बर्दिया
८. यशोदा कुमारी लामा, धनुषा
९. कृष्णप्रसाद दुलाल, मोरङ
१०. शिवकुमार गुर्माछान, सर्लाही
११. हरिप्रसाद न्यौपाने, काठमाडौँ
१२. जनक चौधरी, कैलाली
१३. गणेश लामा, काभ्रे
१४. मंगल थारु, बर्दिया
१५. वीरेन्द्र नेपाली, पर्सा

0 टिप्पणियाँ